
प्रधानमन्त्रीका सुरक्षा प्रमुख फेरिए


प्रधानमन्त्री केपी शर्मा ओलीका व्यक्तिगत सुरक्षा प्रमुख फेरिएका छन् ।
प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीबाट नायव उपरीक्षक केशव भट्टराईलाई खटाइएको छ । यसअघिका सुरक्षा प्रमुख डीएसपी नविन कार्की एसपीमा बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय रसुवा प्रमुख रहेका भट्टराईलाई प्रधानमन्त्रीको सुरक्षा प्रमुखमा काज सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले उनीसहित अन्य १४ जना डीएसपीकाे समेत काज सरूवा गरेकाे छ ।
काज सरूवा हुनेहरूमा डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ । मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयमै मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
त्यस्तै जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारामा काज सरुवा गरिएको छ । जीवन निरौलाको भने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ ।
निरन्जन थापाको वृत्त महाराजगञ्जमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवाको जिम्मेवारी दिइएको छ । खगेन्द्रबहादुर खड्कालाई चन्दको ठाउँ झापामा पठाइएको छ ।
विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा सरुवा भएका छन् । ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुखमा सरुवा भएका छन् ।
अर्का डीएसपी राजन लाामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मेवारी दिइएको छ । इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ ।
विजयराज पण्डितलाई भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया