सरकारी स्वास्थ्य संस्थाले नै किन्दैनन् सरकारी कम्पनीको औषधि

कुनै वेला सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड अहिले १५ किसिमका उत्पादनमा खुम्चिएको छ । तर, सरकारी स्वामित्वको लिमिटेडले उत्पादन गरेको यही औषधि पनि सरकारी स्वास्थ्य संस्थाले नै नकिनेपछि बिक्रीका लागि हारगुहार गर्नुपर्ने हालतमा पुगेको छ । लिमिटेडले औषधि किनिदिन सरकारी स्वास्थ्य संस्थालाई हारगुहार गर्न थालेको हो ।

औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार दुई महिना अघिदेखिको ७० लाख मूल्यबराबरको औषधि स्टक छ । ७० लाख ट्याबलेट सिटामोल, सात लाख ट्याबलेट फोलिक एसिड, १० लाख ट्याबलेट एमजिट, ६ लाख ट्याबलेट एमिजिट डिएफ, दुई लाख प्याकेट जीवनजल, ५० हजार बोतल ग्लिसिरिन, ५० हजार बोतल स्यानिटाइजर र पाँच हजार प्याकेट होमोडायलाइसिस स्टकमा रहेको उनले बताए ।

स्टक धेरै भएपछि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर मातहतका स्वास्थ्य संस्थामा लिमिटेडकै औषधि किन्ने व्यवस्था मिलाउन पटक–पटक अनुरोधसमेत गरेको पनेरूले बताए । लिमिटेडले सरकारी स्वास्थ्य संस्थाहरूलाई जिटुजी प्रक्रियामा औषधि बेच्ने गर्छ । तर, सीमित स्वास्थ्य संस्थाले मात्रै लिमिटेडको औषधि किन्ने गरेका छन् । अधिकांशले निजीकै उत्पादन किन्छन् । अब सबैजसो सरकारी स्वास्थ्य संस्थाले लिमिटेडकै औषधि किन्ने गरी स्वास्थ्य मन्त्रालयसँग आउँदो आइतबार एमओयू गर्ने तयारी भइरहेको महाप्रबन्धक पनेरूले बताए । नयाँपत्रिका दैनिकमा शिबहरि घिमिरेले समाचार लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर