
सुनको मूल्य तोलामा १२ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया