सवारी चालक अनुमतिपत्र लाइसेन्स दिने अधिकार प्रदेशलाई मात्रै

सवारी चालक अनुमतिपत्र लाइसन्स दिने अधिकार प्रदेश सरकार अन्तर्गत यातायात व्यवस्था कार्यालयलाई दिइएको छ ।

सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो बताएका हुन् ।

उनले सातै प्रदेश सरकारको यातायात कार्यालयबाट लाइसन्स दिने काम सुरु भएकाले अब यातायात विभागले लाइसन्स नदिने बताए । उनले बागमती प्रदेशले छुट्टै सफ्टवेयर निर्माण गरी लाइसन्स प्रिन्ट गरेर वितरण गर्ने तयारी गरिरहेको बताए ।

उनले भने ‘लाइसन्स दिने जुन यातायात विभागले गर्ने गरेको थियो अब प्रदेशले नै दिने गरीकन चाहिँ त्यो अधिकार हामीले प्रत्यायोजन गरेर लिएका छौँ । र यो पनि एउटा खुसीको कुरा हो अब विभागले लाइसन्स दिँदैन तपाईँलाई, अब दिने भनेको सातैवटा प्रदेशले दिनेगरी अधिकार प्रत्यायोजन गरेको छ ।त्यसमा अब बागमती प्रदेशले पनि लाइसन्स प्रिन्ट गर्ने हिसाबले अगाडि बढिरहेका छौँ । र त्यसका लागि छट्टै सफ्टवेयर विकास गरेका छौँ ।’

मन्त्री महर्जनले बागमती प्रदेशले एक हजार जनालाई रोजगारी सिर्जना गर्नेगरी काम अघि बढाएको बताए । उनले श्रम तथा रोजगार मन्त्रालय जमानी बसेर बैङ्कमार्फत युवाहरूलाई ५ लाख रुपैयाँ दिने व्यवस्था गर्न लागिएको पनि बताए ।

उनले भने ‘बागमती प्रदेशमा एक हजार जनालाई रोजगारी सिर्जना गर्नेगरी काम अघि बढाइरहेका छौँ । जसलाई कर्जा सुरक्षण कोष र उहाँको पार्टनरसिपमा र त्यसपछि हामी श्रम तथा रोजगार मन्त्रालयमा जमानी बस्ने हिसाबबाट त्यो कार्यक्रम ल्याउन खोजी रहेका छौँ । त्यो कार्यक्रमको मोडिलिटी के हो भन्दाखेरि ५ लाख रुपैयाँ बैंकको तर्फबाट हामी जमानी बसेर युवाहरूलाई दिन्छौँ ।’

मन्त्री महर्जनले युवाहरूले रोजगार तालिम लिइसकेपछि थोरैमा मासिक ३० हजारदेखि कामको योग्यताअनुसार पैसा कमाउने बताए । तत्कालका लागि ५ सय युवा यस्तो रोजगारको अवसरमा भाग लिनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर