
एमाले महासचिव पोखरेल र रुसी कूटनैतिक अधिकारीबीच भेटवार्ता


विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीव्रता दिएका छन्।यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ। दूतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेण्डाबारे पनि छलफल भएको जनाइएको छ । भेटपछि दूतावासले विज्ञप्ति जारी गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाइ भएको उल्लेख गरेको छ ।
नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ हेरिएको छ । नेपाली युवालाई अवैध रूपमा रुस लगेर सेनामा भर्ती गरेको र युद्धमा होमेको विषयमा रुसले अहिलेसम्म मुख खोलेको छैन । यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रूपमा रुसले केही बताएको छैन । रुस युक्रेन युद्धमा २० बढी नेपाली युवाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया