नेपालमा नास्तिकता प्रवर्द्धन गर्न १ सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा छ, छानबिन होस् : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा धर्म निरपेक्ष कायम गर्न अमेरिकाले १ सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्सले ५ मिलियन डलर अमेरिकाले आफ्नो एजेन्सीमार्फत नेपालमा नास्तिकता प्रवद्र्धनका लागि खर्च गरेको अभिव्यक्ति दिएको र अमेरिकाका सभामुख माइक जोर्ड स्वयंले पनि करिव १ सय मिलियन डलर नेपालमा नास्तिकता फैल्याउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए ।

उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न माग गरे ।

उनले भने– ‘नेपालमा धर्म निरपेक्ष कायम गर्नका लागि, संविधानमा धर्म निरपेक्ष राज्य लेख्नका लागि ठूलो पैसाको चलखेल भएको थियो र पार्टी नेताहरु विक्री भए भनेर बजारमा कुरा हुन्थ्यो । त्यसको कुनै प्रमाण थिएन । पछिल्लो समय अमेरिकाकै एक सांसदले ब्राइण्ड माक्स जो त्यहाँका विदेश मामिला समितिका सभापति पनि हुनुहुन्छ । उहाँ रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले नेपालमा नास्तिकता प्रवद्र्धन गर्न ५ मिलियन डलर खर्च भएको छ । हामीले विभिन्न ठाउँमा प्रश्न उठायौँ । त्यो विषयमा कुरा भइरहेको थियो । पछिल्लो दिनमा त्यहाँका सभामुख माइक जोर्डले नै अझ थप पुष्टि गरे । ५ मिलियन डलर होइन त्यो भन्दा दुई सय गुणा बढी १ सय मिलियन डलर अहिले झन्डै नेपाली मुद्रा १४ अर्ब नेपालमा धर्म परिवर्तन र नास्तिकता प्रवद्र्धनका लागि खर्च भएको छ ।’

उनले निष्पक्ष छानविन गरी दोषीउपर कारबाही गर्न समेत माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर