
वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति


वडा सचिवमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।
आफ्नै वडाका सचिव नवीन भुसालमा माथि कुटपिट गरेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए ।
किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया