नेपाल हङकङसंग २ रनले पराजित

महिला टी २० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गतको खेलमा नेपाल हङकङसंग पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपाल हङकङसंग २ रनले पराजित हुन पुगेको हो । हङकङले जितका लागि नेपाल समक्ष १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन मात्र बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाएपनि टोलीलाई जिताउन सकिनन् ।

त्यस्तै पूजा महतोले १९ रन बनाइन् । विन्दु रावलले १४ तथा साना प्रवीणले १० रनको योगदान दिइन् ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई/दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक/एक विकेट लिए ।

यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नामिबियासँग छ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।

जारी श्रृंखलामा युगाण्डा,नामिविया र हङकङको सहभागि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर