स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो । विकास अर्थशास्त्री काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन्

। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि उनलाई स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा गठित समितिमा सदस्य बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर