साफ यु–१९ च्याम्पियनसिपमा नेपाल भारतको समूहमा

नेपाल साफ यु–१९ च्याम्पियनसिपमा घरेलु टोली भारत रहेको समूह ‘बी’ मा परेको छ ।

आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा तेस्रो संस्करणको साफ यु–१९ च्याम्पियनसिप हुँदैछ । सोही च्याम्पियनसिपका लागि मंगलवार काठमाडौंमा भएको ड्रमा नेपाल आयोजक भारतको समूहमा ‘बी’ मा परेको हो ।

यस साफमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । नेपालको समूहमा श्रीलंका छन् । अर्को समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् ।

सन् २०२३ मा नेपालमा नै भएको साफ यु–१९ च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि उचालेको थियो । सन् २०२४ मा भने यु–२० साफ च्याम्पियनसिप भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरण छ ।

लिगकम नकआउटका आधारमा हुने यस साफमा कुल ९ खेल हुनेछन् । खेलहरू आरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर