३५ हजार घुससहित महोत्तरी मालपोत कार्यालयका दुई जना पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका दुई जना घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले ३५ हजार घुस रकमसहित खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई पक्राउ गरेको हो ।

सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई पक्राउ गरेको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर