
नेपाल प्रहरीमा औषधी उपचार बापतको रकम कट्टा हुँदैन्, भ्रममा नपरौं- एआईजी राई


प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कर्मचारीहरुले पाउँदै आएको औषधी उपचार खर्च कट्टा नहुने र यस विषयमा आएका समाचार गलत भएको स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एआईजी टेकप्रसाद राईले मातहतका सबै बजेट संचालनगर्ने कार्यालयहरुलाई परिपत्रगर्दै बुधबार यसका विषयमा जानकारी गराएका हुन् ।
बजेट शाखा मार्फत प्रेषित परिपत्रमा प्रहरी नियमावली, २०७१ ले निर्दिष्ट गरे बमोजिम प्रहरी कर्मचारीले पाउने सेवा सुविधाको व्यवस्था अवगत रहेको जनाउँदै अन्य सरकारी कार्यालयले आफ्ना मातहतका कार्यालयहरुलाई नियमित रूपमा गर्ने परिपत्रलाई आधार मानी विभिन्न माध्यमहरुबाट औषधी उपचार बापतको रकम कट्टा हुँदैछ भन्ने भ्रामक सूचना तथा अफवाह फैलाएको पाईएकोले यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विभागले त्यस्ता प्रकारका भ्रामक सूचना तथा अफवाहमा कुनै पनि सत्यता नरहेको, नभएको र प्रहरी कर्मचारीहरुले प्राप्त गरिरहेको कुनैपनि सेवा सुविधामा कुनै पनि कटौती हुन नसक्ने तथा अझ थप सेवा सुविधा प्राप्ति गर्नको लागि प्रहरी संगठनबाट विशेष पहल भइरहेको जनाइइको छ।
परिपत्रमा भनिएको छ, ‘त्यस्ता प्रकारका भ्रामक सूचना अफवाह फैलाउने, प्रेषित गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याई कारवाही गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको छ ।’
परिपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयल सबै विभाग, निर्देशनालय, महाशाखा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सबै प्रदेश प्रहरी कार्यालयहरु तथा त्यहाँ कार्यालयहरूले आआफ्नो मातहत तल्लो दर्जाका प्रहरी कर्मचारीहरुलाई जानकारी गराई सूचना पाटीमा समेत टाँस गर्न गराउन हुन परिपत्रमा भनिएको छ।
पढनुहाेस परिपत्र:
16 वर्ष पेन्सन अवधि हटेर २० वर्ष हुँदैन भन्थ्यो खोई २० वर्षै भयो यसको पनि के भर लागू भइसके पश्चात के गर्नु बोल्न मिल्दैन हाम्रो संगठनमा
औषधि उपचार खर्च नकाटियोस्। हाम्रो पनि चाहना यही हो।