सार्वजनिक लेखा समितिले २३ औं वार्षिक प्रतिवेदन चैत १५ गतेभित्र संसदमा पठाइसक्ने

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनका सन्दर्भमा बाँकी रहेका प्राविधिम कुराहरुमा सच्याउनुपर्ने भए चैत १० गतेभित्र अध्ययन गरेर सुझाव दिन सांसदहरुसँग आग्रह गरेका छन् ।

त्यस्तै बैठकले समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने  निष्कर्ष निकालेको छ । समिति सभापति पोखरेले उजुरीहरु लामो समयसम्म राख्दा अप्ठ्यारो हुने भन्दै आउँदो चैत १५ गतेसम्म टुंग्याउनुपर्ने बताए । वुधवारदेखि नियमित २ घण्टा बैठक राखेर समितिमा परेकामध्ये ४८ उजुरीको टुंगो लगाउनुपर्ने पोखरेलको भनाई छ ।

बैठकमा बोल्दै सांसदहरुले समितिमा उजुरी पर्ने क्रम बढिरहेको उल्लेख गर्दैे प्राथमिकीकरण गरी उजुरीहरू हेरिनुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर