
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।
बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने छ । बैठकको मुख्य एजेण्डा मध्ये रास्वपाले सुरु गरेको जनयात्राबारे ठोस निर्णय लिने रहेको छ ।
चितवनबाट चैत २३ गते सुरु भएको जनयात्रा, पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएपछि अन्योलमा परेको छ । रास्वपाले पहिलो दिन चितवनमा सभा गरे पनि त्यसपछि जनयात्रालाई निरन्तरता दिन सकेको छैन ।
प्रतिक्रिया