
२५ करोड प्रकरणमा ट्रक चालक कारागार चलान


काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करी प्रकरणमा ट्रक चालक कारागार चलान भएका छन् ।
टोखाबाट बरामद गरिएको २५ करोड प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
प्रतिक्रिया