आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले इन्चार्जहरू तोकेको हो ।
पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको बताए ।
उनका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेस प्रदेशको इन्चार्ज मनिष झा, बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी, गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य, कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल रहेका छन् ।
प्रतिक्रिया