राज्य व्यवस्था समितिमा अख्तियारसम्बन्धी विधेयकको खोजि

नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संसोधन विधेयकको खोजि गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अख्तियार विधेयकको खोजि गरेका छन् ।

उनले उपसमितिले पास गरेको विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन विधेयक दराजमा थन्केर बसेको बताए ।

उनले अख्तियार दुरुपयोग अुनसन्धान आयोग ऐन संशोधन विधेयकमा धमिरा लाग्यो कि भन्ने चिन्ता रहेको बताए । उनले उक्त विधेयकलाई छिटो पास गरेर संसदमा लैजानुपर्ने बताए ।

उनले भने– ‘हामीले छिटो काम गर्नेबारेमा पनि सोच्नुप¥यो । पहिलेको उपसमितिले पास गरेको विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संसोधन विधेयक) दराजमा थन्केको छ । अब त धमिरा लाग्छ कि भनेर डर लागिरहेको छ । अब त्यो धमिरा शब्द पनि प्रयोग गर्नुपर्ने भयो । त्यो ल्याउनु प¥यो पास गर्नुप¥यो ।’

अख्तियार विधेयक २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आएको थियो । त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० उक्त विधेयक राज्य व्यवस्था समितिमा पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *