राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ ।

१२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले परीक्षा स्थगित नभएको जनाएको हो ।

‘राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्ड हार्दिक अनुरोध गर्दछ । परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको कृते हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइवर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनुहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ, ‘बोर्डद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *