
निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँ : अर्थसचिव उपाध्याय


अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामती लगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पु¥याउनुपर्ने बताएका छन् ।
शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पु¥याए वार्षिक ६० अर्ब रुपैयाँसम्म वचत हुने बताए । उनले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थप अतिरिक्त पद सिर्जना गर्न नहुने बताए ।
उनले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे । उनले सहसचिवको बढुवालाई समयवद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताए ।
उनले भने– ‘अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो । यसले निर्णयको तह पनि बढाउँछ र खर्च पनि बढाउँछ । ३० वटा अतिरिक्त सचिव हुँदा वार्षिक रुपमा ७ कारेड जति खर्च बढ्दो रहेछ । र अर्को कुरा हामीले यहाँ जति छलफल गरेपनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौं । किनभने सहसचिव ११ देखि १२ वर्षमा सचिवमा बढुवा हुन्छन् । सहसचिवको बढुवालाई समयबद्ध गराउने दृष्टिले अतिरिक्त सचिव आएको हो जस्तो लाग्छ । र त्यसलाई व्यवस्थापन गर्न सचिव र मुख्य सचिवको १÷१ वर्ष समयावधि घटाउने जुन प्रश्ताव छ त्यसले यसको व्यवस्थापन हुन्छ जस्तो लाग्छ । सचिवको कार्यअवधि पनि घटाउन नसक्ने र अतिरिक्त सचिव पनि सिर्जना हुने अवस्था आउँदा हिजो सहायक सचिव र उपसचिव लगायतबाट पाठ सिकेर यो नगर्दा नै उपयुक्त हुन्छ भन्ने म सुझाव दिन्छु ।’
उनले कर्मचारीको क्षेत्रमा अतिरिक्त पद सिर्जना गर्दा निर्णयको तह र खर्च बढ्ने भन्दै त्यस्तो नगर्न सुझाव दिए ।
प्रतिक्रिया