
कानूनहरु चाँडै पारित गर्नेगरी काम भइरहेको छ : मन्त्री चौरसिया


कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताएका हुन् ।
मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताए ।
उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गरे ।
मन्त्री चौरसियाले भने– “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको छ । धेरै ठूलो संशोधनहरू थिए । ८०–८१ भन्दा धेरै संशोधनहरू थिए । त्यसमा विभिन्न मन्त्रालयको विषयहरू समेटिएको कारणले लामो छलफल र मन्त्रालयहरूको समेत सहमतिले माननीय सांसदहरूले सहमति जनाउनुभएको छ । माननीय सोविता गौतमले भन्नुभयो कानून लामो ल्याउनुभन्दा सानो सानो ल्यायो भने छिटोछरितो हुनसक्छ । एउटाको कारणले अर्को अड्किने, अर्कोको कारणले अर्को अड्किने । हामी प्रयास गर्छौं । एक/एक वा दुई/दुई मन्त्रालयको मात्र समेटेर आगामी दिनमा संशोधन ल्याउने प्रयास गर्दछौँ ।”
मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा प¥यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया