
फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता हुन नआए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएका छन् ।
उनले सरकारले तोकेको म्यादभित्र फेसबुकलगायतका सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लाग्ने बताएका हुन् ।
मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालको नियम मान्नुपर्ने बताए ।
सञ्चारमन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आग्रह गरेको थियो । अब उक्त म्याद सकिन केही दिन मात्रै बाँकी छ ।
सो म्यादभित्र दर्ता नभए नेपालमा फेसबुक प्रतिबन्ध हुनेछ ।
प्रतिक्रिया