
गौतमबुद्ध विमानस्थल निर्माणमा १३ अर्बभन्दाबढीको भ्रष्टाचार भएकाे आरोपसहित योगेश भट्टराईलगायत बिरुद्ध उजुरी

सार्वजनिक लेखा समितिमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ। उजुरीमा करिब १३ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ।
भैरहवाका नागरिकले दिएको उजुरीमा, जग्गा मुआब्जादेखि लिएर अन्तर्राष्ट्रिय स्तरको उपकरण खरिदसम्मका गतिविधिमा ठूलो स्तरको घोटाला भएको आरोप लगाइएको छ। उजुरीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारी, आयोजना प्रमुख प्रवेश अधिकारी, लेखापाल प्रदिप कुमार साह लगायतका कर्मचारीहरूमाथि मिलेमतोमा राज्यलाई ठगी गर्ने कार्यमा संलग्न भएको दाबी गरिएको छ।
उजुरी अनुसार, सरकारी दररेटभन्दा सयौं गुणा महँगो मूल्यमा मुआब्जा वितरण गरिएको थियो। कतिपय अवस्थामा सडक नजोडिएको जमिनलाई पनि सडकसँग जोडिएको दरमा मुआब्जा दिइएको उजुरीमा दाबी गरिएकाे छ। यसैगरी, दानमा दिइएका मठ–मन्दिरका जग्गामा समेत नक्कली हकवालालाई खडा गरी मुआब्जा दिइएको र ठूलो मात्रामा रकम हिनामिना भएको बताइएको छ।
महालेखा परीक्षककोतर्फबाट अडिट गर्न गएको निजी अडिट फर्म बजाज अडिटका अडिटरहरूमाथि पनि प्रभाव पारिएको आरोप लगाइएको छ। प्रारम्भिक अडिट प्रतिवेदनमा ५७ करोड रुपैयाँभन्दा बढी अनियमितता देखाइए पनि, प्राधिकरणका अधिकारीहरूले दुई करोड रुपैयाँ घुस दिएर प्रतिवेदनलाई कमजाेर बनाएको उजुरीमा उल्लेख छ।
एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा खरिद गरिएको उपकरणले काम नगरेको, भारततर्फ सिग्नल दिएको, र उपकरण नै प्रयोगविहीन भएको उल्लेख गरिएको छ। उपकरण खरिदमा करिब ३५ करोड रुपैयाँको भ्रष्टाचार भएको आशंका उजुरीमा गरिएको छ।
सार्वजनिक लेखा समितिको संयोजकको हैसियतमा भट्टराईले भ्रमणका क्रममा उनले अनियमितता नभएको भनेर सांसदहरुलाई मौन बस्न निर्देशन दिएको उजुरीमा उल्लेख गरिएको छ। भट्टराईले प्राधिकरणका पदाधिकारीहरूसँग मिलेमतो गरेको र त्यसकै सट्टामा सुविधा सम्पन्न गाडी र सम्पत्ति लिएकाे दाबी उजुरीमा छ।
स्थानीय नागरिकहरूले सार्वजनिक लेखा समितिलाई पुनः स्थलगत निरीक्षण गरी निष्पक्ष र अनुसन्धान गर्न माग गरेका छन्।
यस्तो छ सार्वजनिक लेखा समितिमा परेको उजुरी-
Panchayatkalin yak neta le vaneko yad aayo, Ghus ra para stri gaman andharoma garinchha tara Ujyaloma dekhinchha, vane jastai hijo samma ramro neta vaneko aaj uasko kartut dekhi halo