
भारतका विद्युतमन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच भेट

भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेट भएको छ ।
बुधवार सिंहदरबारमा भारतका विद्युत् मन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच भेट वार्ता भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।
पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरुबीच छलफल भएको थियो । भारतीय मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री खट्टरले बताए।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया