औद्योगिक क्षेत्रमा बढ्यो विद्युत् अवरोध

नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको सूचित गरेसँगै औद्योगिक ग्राहकले दैनिक १२ घण्टासम्मको विद्युत् आपूर्ति अवरोध बेहोर्न थालेका छन् ।

गत सातादेखि नै भारतबाट अपेक्षित परिमाणमा विद्युत् आपूर्ति हुन नसकेपछि औद्योगिक ग्राहकको विद्युत् आपूर्ति अवरोध बढेको हो ।

प्राधिकरणले बुधबार विद्युत् व्यवस्थापनको तत्कालको अवस्थाबारे गराएको सार्वजनिक जानकारीपत्रमा औद्योगिक ग्राहकको विद्युत् आपूर्तिमा समस्या बढेको भन्दै क्षमायाचनासमेत गरेको छ । गोरखापत्रमा दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *