परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्‍यो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताएका हुन् । उनले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गरे ।

‘सहकारी पीडितहरुले बचत फिर्ता आएका छैनन् । जसले दैनिक १८ घण्टा काम गरी देशलाई उज्यालो बनाए उही व्यत्ति सरकारको निशानामा पर्‍यो,’ उनले भने ‘त्यसरि हेर्दा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानि छानि अवरोध गर्ने प्रवृत्ति देखियो ।’

गभर्नरर विभिन्न आयोगहरुमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उनको भनाइ छ । ‘गभर्नर नियुक्ति, संवैधानिक परिषद्को बैठक, विभिन्न आयोगमा नियुक्ति र सडक शिक्षक, स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज नढाँकेको अवस्था छ’ उनले भने ।

उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा उल्लेख गर्दै गम्भिर हुन सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छुभन्दा पनि व्यवसायीहरु व्यवसाय गर्न तयार नरहेको उल्लेख गरे । उनले भने– ‘निजी क्षेत्रको अवस्था पनि दयनीय छ । सरकारप्रति विश्वास छैन । अहिले बैंकले कम ब्याजमा ऋण प्रवाह गर्छु भन्दा पनि व्यवसायीहरु ऋण लिएर व्यापार व्यवसाय फैलाउन चाहेका छैनन् । लगानीको सुनिश्चितता छैन । निजी क्षेत्रलाई हर्ने सरकारको दृष्टिकोण नै गलत छ ।’

उनले मुलुकको समग्र सुधारको लागि पटक पटक सरकामा गएका दलहरुमध्ये अग्रसरता कसले लिने ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *