धनुषा विष सेवन घटना : पविताको पनि मृत्यु

धनुषा जिल्ला शहीदनगर नगरपालिका–५, वासुदेवपट्टीमा भएको विष सेवन घटनामा उपचाररत आमा पविताकुमारी साहको पनि मृत्यु भएको छ ।

३० वर्षीया पविताकुमारी साहको आज बिहान पौने १० बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहले जानकारी दिए ।

पविताका तीन सन्तानको ज्यान गइसकेको छ । गत सोमवार साँझ आफ्नै घरमा पविता आफ्ना तीन सन्तानसहित अचेत अवस्थामा फेला परेकी थिइन् । सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेकी थिइन् । नौ महिनाकी गर्भवती रहेकी पविताको शल्यक्रिया गरी गर्भमा रहेका शिशुलाई निकालिएको थियो । हाल शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

विष सेवनको जानकारी पाउनासाथ पवितालाई अस्पताल पु¥याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *