गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्बु–कश्मिरमा भएको आतंकवादी  आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए ।

गृहमन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँ देखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्बन्ध  थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे।

 ‘नेपाल–भारतबिचको सम्बन्ध दृढ छ,’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन ।’ उनले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखक मार्फत समवेदना समेत व्यक्त गरे ।

विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *