
पूर्व शिक्षामन्त्रीलाई केआईआईटीका रजिष्ट्रारको जवाफ, अनुसन्धान मै रहेको विषयमा सम्बेदनशील बनौं


भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका रजिष्ट्रार डा. जे.आर. मोहन्तीले नेपाली छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको बताएका छन् ।
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठलाई सामाजिक सञ्जाल एक्समार्फत जवाफ दिँदै मोहन्तीले यस्तो बताएका हुन् ।
सुमनाले केआईआईटीजस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि सुरक्षित छन् ? भन्दै प्रश्न उठाएकी थिइन् ।
त्यसको जवाफमा मोहन्तीले भनेका छन्, ‘यो मामिला हाल प्रहरी अनुसन्धानमा छ । वरिष्ठ प्रहरी अधिकारीहरूले वैज्ञानिक टोलीसँगै तुरुन्तै प्रारम्भिक अनुसन्धान गरे र प्रक्रियाहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् । केआईआईटीले अधिकारीहरूलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ ।’
उनले अनुसन्धानमा रहेकाे विषयमा सम्बेदनशील भएर सूचना प्रवाहगर्न सबैमा अनुराेध समेत गरेका छन् ।
वीरगञ्ज घर भएकी साह बिहीबार मृत फेला परेकी थिइन् ।
प्रिसा मृत फेला परेको खबरपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन्।
भारतीय विदेश मन्त्रालयले प्रिशाको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ । उसले घटनाकाे अनुसन्धानमा पूर्ण सहयाेगका साथै घटनामा मन्त्रालय गंभिर भएर अनुसन्धान प्रक्रियाकाे अनुगमन गरिरहेकाे जनाएकाे छ ।
प्रतिक्रिया