
वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ लोकार्पण


वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई बुक’ लोकार्पण भएको छ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो। पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध एयरको सफलताको कथा समेटिएको बताए।
उनले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था सुरु गरेर सफलतामा पुग्न सक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताए।
उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशील बन्न प्रेरणा दिने उनको भनाइ छ।
उनले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन सुरु गरेको बुद्ध एयरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताए।
पुस्तक ‘बाई द बुक’ २९ वर्षअघि सञ्चालन सुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध यएरको सफलताको दस्ताबेज भएको उनको भनाइ छ।
उनले भने, ‘हामीले २९ वर्ष अगाडि बुद्ध एयर सञ्चालन सुरुवात गर्यौँ। त्यो सुरुवात गर्दाखेरिको जुन एउटा सपना सोच र अग्रसरता लियौँ। एउटा सानो आमनेपाली व्यक्तिहरु बुद्ध एयरको टिम जुन अहिले १५ सय जना कर्मचारी छौँ हामी। हाम्रो समूहले ठूलो कलेजबाट डिग्री लिएको वा संस्थाबाट अनुभव लिएर सञ्चालन सुरु गरेका होइनौँ। हामीले आम नेपाली साधारण जनताले आयस्रोतको ठूलो सपना बोकेर र त्यो सपनालाई मूर्तरुप दिन यहाँ ल्याऔँ। यो काम गर्दा हामीले धेरै सिद्धान्तहरु हेर्यौँ। धेरै सूत्रहरु अपनायौँ, धेरै व्यवस्थापनहरु अपनायौँ। अहिले सफलताको पुष्टि भइसकेको छ।’
प्रतिक्रिया