
सशस्त्र प्रहरीको प्रवक्तामा धौवजी


सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिइएको छ ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीमा बाहिनिपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिइएको हो ।
नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए । उनलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र मुख्यालयले जनाएको छ ।
प्रतिक्रिया