आइपीओमा अख्तियारकाे अप्रत्यासित चासाे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा प्रक्रियामा रहेका  प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात लगेकाे छ।

बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेले अख्तियारको टोली बोर्डमा आएको र आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका कागजपत्र लिएर गएकाे जानकारी दिएका छन् । ‘पाइपलाइनमा जलविद्युतका ३३ सहित ८९ कम्पनीको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ’, उनले भने । आज (बुधबार) दिउँसो अख्तियारको टोली बोर्डमा पुगेको हो ।

लामो समयसम्म आईपीओ निष्काशनको स्वीकृति बोर्डमा राेकिएका थिए। अध्यक्ष सन्ताेष नारायण श्रेष्ठ आएपछि प्रक्रिया थालेपनि अनर्गल प्रचारबाजी गरिरहेका बेला संवैधानिक निकाय समेत त्यही प्रचारबाजी र मिथ्या आराेपका आधारमा कागजपत्र लिन पुगेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *