भाषा दिवस–२०८२ : नेपालभाषाको उत्थानमा नेवा चेलीको भूमिका

नेपालको संविधानले प्रत्येक प्रदेशलाई आफ्ना भाषाहरूको संरक्षण र प्रयोग गर्न कानुनी अधिकार दिएको छ। यस संवैधानिक मर्म र भावनालाई व्यवहारमा उतार्ने कार्य केवल नीति निर्माणमा सीमित नहुन सक्छ, यो जनप्रतिनिधिको संवेग, प्रतिबद्धता र पहिचानसँग गहिरो रूपमा गाँसिएको विषय हो।

यही गहिरो भावनात्मक र सांस्कृतिक सम्बन्धको एउटा उदाहरण हुन्, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल। उनी नेपालकै ऐतिहासिक, प्रमुख अनि समृद्ध भाषा ‘नेपालभाषा’को लागि समर्पित एक अग्रणी अभियन्ता हुन्, त्यो पनि केवल उपमेयर भएपछि मात्र होइन। उनि यसअघि नै भाषा, लिपि र संस्कृति जोगाउने अभियानमा गहिरो रूपमा सक्रिय थिइन्। उनको पहिचानको जरो रञ्जना लिपिको वर्णाक्षरबाटै पलाएको हो । उनले कलिजात्रा जस्तो अभियानबाट लोप हुँदै गइरहेको लिपिलाई जनमानससम्म पुर्‍याउने कर्मठ प्रयास गरिन्।

सुनिता डंगोलले संस्कृति र जात्रालाई अवसर बनाउँदै सडकमा, खुला चोकमा लिपि सिकाउने कक्षा सञ्चालन गरिन् भने रञ्जनाको इतिहासलाई अन्तराष्ट्रिय मन्चमा समेत पुर्याईन्। मातृभाषाको मुद्दालाई आत्मिक उत्तरदायित्व मान्ने डंगोलले उपमेयर बनेपछि भाषा संरक्षणलाई संस्थागत रूप दिन थालिन्। उनले नेपालभाषा ई–लाइब्रेरी स्थापना गरिन्, जहाँ हजारौं ग्रन्थहरू डिजिटल रूपमा संग्रहित छन्। नेपालभाषा एपको प्रवर्द्धन गरिन् जसमार्फत नयाँ पुस्तालाई मातृभाषासँग पुनः जोड्ने प्रयास गरिएको छ।

मातृभाषा पत्रकारितामा पनि उनको विशेष रुचि छ। भाषा केवल अभिव्यक्तिको माध्यम मात्र नभएर सांस्कृतिक पहिचानको मूल आधारका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ। उनका यस्ता पहलहरूले मातृभाषाप्रति गहिरो प्रेम र नेतृत्वको प्रतिबद्धता झल्काउँछ।

महानगरको शैक्षिक संस्थाहरूको पाठ्यक्रममा नेपालभाषा राख्ने निर्णयमा उपमेयर सुनिताले कहिले शिक्षकहरूलाई तालिम दिन त कहिले साना विद्यार्थीहरूले पनि सजिलै बुझ्ने शैलीमा पाठ्यक्रमको विकास गर्न लागि परिरहीन् । “भाषा जोगाउनु भनेको भविष्य जोगाउनु हो” अनि “भाषाको सम्मान गर्नु भनेको आफ्नो अस्तित्वलाई सम्मान गर्नु हो” सुनिता डंगोलजस्ता पात्रहरूले मातृभाषालाई केवल कक्षाको पाठ होइन, चेतनाको दीपशिखा बनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *