रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न आदेश

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र व्यापारी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश मोना सिंहको इजलासले मिश्र र प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीको माग अनुसार नै अदालतले म्याद थपेको हो ।

उनीहरू विरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरिएको हो । उनीहरूलाई पछिल्लो पटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

राजावादी प्रदर्शनका जनकमान्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

मिश्रलाई भने राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *