१८६ थान नक्कली नोटसहित एकजना पक्राउ

नेपाली ५०० दरका १८६ थान नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी छन् ।

उनी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, कमानेमा बस्दै आएका थिए । हेटौँडा–१५, रातोमाटेबाट बुधबार (वैशाख २४) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनी महोत्तरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा३३प ९९८३ नम्बरको मोटरसाइकलमा सवार थिए । जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अधिकारीलाई जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *