महिला टी-२० विश्वकप छनोट : आज नेपाल र हङकङ भिड्दै

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि थाइल्याण्डमा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ ।

नेपाल र हङकङबीचको खेल टेक्नोलोजी ग्राउण्ड बैंककमा बिहान ८:१५ बजेदेखि सुरु हुनेछ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रिया शर्मा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *