सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *