श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको यथार्थ बाहिर ल्याइएको हो : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको यथार्थ बाहिर ल्याइएको बताएका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा विद्युत् प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए।

मन्त्री खड्काले छिटै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गराउने जानकारी दिए। प्राधिकरणको श्वेतपत्रबारे सांसदहरूले राखेका धारणाप्रति मन्त्री खड्काले आफ्नो धारणा राख्न सांसदहरू स्वतन्त्र रहेको बताए। उनले संसद् अधिकारसम्पन्न रहेकाले संसदीय समिति बनाएर छानबिन गरे अझ राम्रो हुने टिप्पणी गरे।

मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *