
राजावादीप्रति एमाले सांसद बाँस्कोटाको कटाक्ष- तासका बुङका राजा–रानी खोजेर जिन्दगी गुजार्नुस्


नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरूलाई सुझाव दिएका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन्।
उनले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिश गर्न समेत सुझाव दिए। उनले कुनै पनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरे।
उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्नेगरी विकास गर्न जरुरी रहेको बताए।
प्रतिक्रिया