
भारत–पाकिस्तानबीच शान्ति स्थापनार्थ नेपालले विशेष कुटनीति पहल गरोस् : राजेन्द्र पाण्डे


नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन्।
शुक्रवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले नीति तथा कार्यक्रमले युवाको थप एक वर्ष खेर जाने स्थिति पैदा गरेको आरोप लगाए।
उनले देशमा सम्भावना नदेखेर विदेश पलायन भएका युवाहरु विदेशमा समेत श्रम शोसन पर्ने गरेको भन्दै नीति तथा कार्यक्रमले विदेशी भुमिका नेपाली युवाको समस्याको समाधानमा कुनै कुरा नबोलेको बताए।
उनले महँगी नियन्त्रण लगायतका कयौँ सामाजिक समस्याहरुको समाधान गरी सर्वसाधारणको जीविकोपार्जनलाई सहज बनाउने गरी नीति तथा कार्यक्रममा उल्लेख नभएको उनको भनाइ छ।
उनले भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको तर्फ सरकारले सचेत हुनुपर्ने बताए।
उनले सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया