
भारतका विदेश सचिव भन्छन् -आतंकबादसँग घाँटी जोडेर पाकिस्तानले शान्त भारतमा गलत सूचना प्रवाह गरिरहेको छ

भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिश्रीले स्पष्ट शब्दमा भारतले बुधबार पाकिस्तानले ओगटेको कश्मिर र पाकिस्तानको मुख्य भूमिमा गरेको कारबाही आतंकबाद बिरूद्व लक्षित रहेको स्वयम पाकिस्तानका पछिल्ला भनाइ र घटनाक्रमले खुलस्त भएको बताएका छन् ।
उनले पाकिस्तानमा रहेका आतंकबादी संगठनहरूका तालिम केन्द्रदेखि लुक्ने ठेगानलाइ भारतले लक्षित गरेको हो । तर, पाकिस्तानले आफुले आतंकबादलाइ गरिररहेको समर्थन र सहयोग उदाङगो हुने भएपछि गलत प्रचारबाजी गरिरहेको सचिव मिश्रीको भनाइ थियो ।
‘मैले सोचें हामी अप्रिल २२ गते पहलगाममा भएको बर्बरतापूर्वक आतङ्कवादी आक्रमणसँगै सुरु भएका घटनाहरुसँग सम्बन्धित केही पक्षहरुलाई थप सन्दर्भहरुसँग जोड्दै कुरा गर्नेछौं किनभने त्यसपछि घटेका घटनाहरुको सम्बन्धमा केही हदसम्म टीकाटिप्पणी भएका छन् । अझ टिप्पणी भन्दा पनि बढी सीमापारीबाट हामीतिर लक्षित थुप्रै गलत सूचनाहरु दिइएको छ । तसर्थ यस्ता केही चीजहरु छन् जुन म चाहन्छु तपाईंहरुले आफ्नो ध्यानमा राख्नुहोस्,’ उनले बिहीबारको आफ्नो ब्रिफिङको सुरूवातमा भने ।
‘पहिलो कुरा त जताततै एस्केलेसनको चर्चा छ । यहाँहरुले सबैभन्दा पहिला के बुझ्न जरुरी छ भने अप्रिल २२ गते पहलगाममा भएको हमला नै खासमा मुख्य एस्केलेसन हो,’ मिश्रीले भने ।
उनले ब्रिफिङमा भनेका छन्- हामीले देखिरहेका घटनाहरुको यो श्रृंखला अप्रिल २२ गते भएको पहलगाम आक्रमणबाट सुरु भएको थियो । एस्केलेसन त्यहाँ भएको हो । र त्यसको जवाफ भारतीय फौजले बुधबार गरेको हमलामार्फत दिएको छ ।
दोस्रो, यी हमलामा संलग्न आफूलाई ‘द रेसिसटेन्स फ्रन्ट’ भनी चिनाउने समूहमाथि म यहाँहरु सबैको ध्यान आकर्षित गर्न चाहन्छु । यो समूह पाकिस्तानमा रहेको चिरपरिचित आतङ्कवादी समूह लश्कर-ए-तैयबाकै एक मोर्चा हो भन्ने प्रसङ्ग मैले हिजो पनि कोट्याएको थिएँ । यो समूह बारे पहिले नै खबर दिइसकिएको छ । मैले यहाँहरुलाई भारतीय अधिकारीहरुले संयुक्त राष्ट्र संघ १२६७ प्रतिबन्ध अनुगमन समितिलाई यसबारे जानकारी दिइसकेको बताइसकेको छु । र, हामी चाँडै नै अनुगमन टोलीसँग फेरी भेट्दैछौं । यसअघि हामीले उपलब्ध गराएको जानकारीमा नयाँ कुराहरु समेट्दै साझा गर्नेछौं । तर रोचक कुरा के छ भने, अब तपाईं आफै सोच्नुहोस्, जब संयुक्त राष्ट्रको सुरक्षा समितिले पहलगाम हमला बारे एक प्रेस विज्ञप्ति जारी गर्ने कुरा चलिरहेको थियो त्यस विज्ञप्तिमा टीआरएफ, द रेसिस्टेन्स फ्रन्ट उल्लेख गर्न खोज्दा कुन देशले विरोध जनाएको होला(-पाकिस्तानले ।
यो एकपटक नभई दुई दुई पटक – पहिलो चोटी अप्रिल २२ गते घटना भएको केही घण्टामै र त्यसपछि फेरी अप्रिल २३ गतेको बिहान यस हमलाको जिम्मेवारी टीआरएफले लिएपछिको कुरा हो । र सायद सीमापार यसका योजनाकार र यसका सहयोगीहरुले घटनाको गम्भीरतालाई महसुस गरेपछि यस दाबीबाट पछि हटेका हुन् । पक्कै पनि यस खाले पछि हट्ने जस्ता कार्यले कसैलाई पनि विश्वस्त पार्दैन ।
तेस्रो कुरा जुन म यहाँहरुलाई भन्न चाहिरहेको थिएँ र यही कुरा कर्णेल कुरैशी र विंग कमाण्डर सिंहले हिजो पनि स्पष्ट शब्दमा र आज पनि यहाँहरुसँग साझा गर्नुभएको छ त्यो के हो भने जुन भारतीय रेस्पोन्स हो त्यो नन ( एस्केलेटरी, प्रीसाइज, सटीक, मेजर्ड र कन्सिडर्ड हो ।
हाम्रो मनसाय यस मामिलालाई थप चर्काउने रहेको छैन । हामी सुरुवाती हमलाको जवाफ मात्रै फर्काइरहेका छौं । र हाम्रो जवाफ लक्षित, सटीक, संयमित र संतुलित रहेको छ । हाम्रो निशानामा सैन्य अखडा परेका छैनन् । केवल पाकिस्तानमा रहेका आतङ्कवादी पूर्वाधारमाथि निशाना साँधिएको छ ।
मैले भनेझैं थुप्रै कुराहरु टिकाटिप्पणीमा उठाइएका छन् र सीमापारबाट धेरै निराधार गलत जानकारी र मिथ्या कुराहरु बाहिर ल्याइएका छन् र म यी केही विषयहरुमा सीधा र स्पष्टताका साथ कुरा गर्न यो अवसर प्रयोग गर्न चाहन्छु ।
यी मध्ये पहिलो पाकिस्तानले आतङवादसँगको कुनै पनि र सबै संलग्नताबाट पन्छिने प्रयास गरिरहेको छ । मलाई लाग्छ पाकिस्तानी सूचना मन्त्रीले पाकिस्तानमा आतङककारी नभएको भनेर भनेको र उनलाई उनी आफैं उपस्थित टेलिभिजन कार्यक्रममा यो कुराको पुष्टि गर्न चुनौती दिइएको थियो ।
तर, यदि मैले हिजोकैं कुरालाई आशिंक रुपमा दोहो¥याएँ पनि मलाई लाग्छ पाकिस्तानको छवि एउटा विश्वव्यापी आतङ्कवादको केन्द्रबिन्दु रहेको भन्ने कुराको कैयौं उदाहरण रहेका छन् जसबारे ठोस प्रमाणहरु भारतमा मात्र नभई विश्वभरका सरकार, अधिकारी र निकायहरुसँग उपलब्ध छन् । विश्वभर थुप्रै आतङकवादी हमला भएका छन् जसमा पाकिस्तानीहरुको संलग्नता पुष्टि भएको छ । ओसामा बिन लादेन कहाँ भेटिए र उनलाई कसले शहीद भन्यो भनेर मैलै यहाँहरुलाई बताइराख्न जरुरी छैन
पाकिस्तानले दशकौंदेखि भारतमा सीमापार आतङ्कवादलाई उद्दण्डका साथ पछ्याउँदै आएको छ, र मैले हिजो भनेझैं, अन्तर्राष्ट्रिय समुदायलाई जानाजानी भ्रमित गर्न, उनीहरुले आतङ्ककारी साजिद मीरको मृत्यु भएको दाबी गरेका थिए । उनीहरु दबाबमा आए र साजिद मीरलाई पुनः जीवित तुल्याइयो, पक्राउ गरियो र अहिले उनी पाकिस्तानी हिरासतमा रहेका छन् । पाकिस्तान लश्कर(ए(तैयबा, जैश(ए(मोहम्मद, तिनीहरुका नेताहरु, मसूद अजहर र हाफिज मुहम्मद सईद सहित संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित आतंककारीहरुका साथै विश्वका अन्य धेरै सरकारहरुद्वारा प्रतिबन्धित आतङ्ककारीहरुको घर हो ।
‘यहाँहरुले देख्नुभएकै होला, पछिल्लो केही दिनमा पाकिस्तानका रक्षामन्त्री र पूर्व विदेशमन्त्री दुवैले पाकिस्तानसँग यी समूहहरुको सम्बन्धलाई स्वीकारेका छन् । मलाई लाग्छ अन्तर्राष्ट्रिय आतङ्कवादमा आफ्नो देशको संलग्नता र यस प्रकारका समूहहरुलाई आश्रय दिने कार्यमा उनीहरुको संलग्नता बारे बताएर पाकिस्तानका रक्षामन्त्री र पूर्व विदेशमन्त्री दुवैले यसमा मैले गर्न सक्ने भन्दा बढी राम्रा काम गरेका
छन्, ‘सचिव मिश्रीले भने ।
दोस्रो कुरा पहलगाममा भएको जघन्य र बर्बरतापूर्वक आक्रमणबारे पाकिस्तानले जुन एउटा अन्तर्राष्ट्रिय पारदर्शी अनुसन्धान हुनुपर्छ, एउटा संयुक्त अनुसन्धान समिति हुनुपर्छ भनेर दाबी गरेको छ, यसमा मलाई के लाग्छ भने यहाँहरु सबैलाई इतिहास थाहा छदैछ, ट्र्याक रेकर्डबारे पनि जानकार हुनुहुन्छ र पाकिस्तानको सन्दर्भमा ट्र्याक रेकर्ड त्यस्तो गतिलो छैन, खासगरी कैयौं आतङ्कवादी हमलाहरुका पीडितको न्यायको सन्दर्भमा चाहे त्यो २००८ को मुम्बई हमला होस् वा २०१६ को पठानकोट हमला वा अन्य घटना । तर विशेष गरी यी दुई आक्रमणहरुमा भारतले सहकार्य गर्न खोजेको थियो । भारतले फोरेन्सिक प्रमाणहरु उपलब्ध गराएको थियो, र पाकिस्तानलाई यी आक्रमणका दोषीहरुलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेको थियो ।
हामीले, विशेष गरी २००८ को मुम्बई हमलाको सन्दर्भमा, जहाँ एक पाकिस्तानी लश्कर-ए-तैयबा आतङ्ककारीलाई जीवितै पक्राउ गरिएको थियो । भारतले यस आक्रमणमा पाकिस्तानी आतङ्ककारीहरुको संलग्नतासँग सम्बन्धित अथाह जानकारी र प्रमाणहरु पेश गरेको थियो । मुद्दा दर्ता गरियो, तर यहाँहरु सबैलाई थाहा छ कि न्यायिक टोलीहरु आदि गठन गर्दा पनि यी मुद्दाहरु अगाडि बढेका छैनन्, र पाकिस्तानले अनुसन्धानलाई अगाडि बढाउने सबै प्रयासहरुलाई निरन्तर अवरोध पुऱ्याएको छ ।
पठानकोट हमलाको सन्दर्भमा पनि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो । हामीले पाकिस्तानी टोलीलाई आक्रमण स्थलमा सहजै पहुँच दियौं । कल रेकर्ड डाटा, र डीएनए आदिको विवरण पाकिस्तानसँग साझा गरिएको थियो । हामीले फेला पारेका।आतङ्ककारीहरुको ठेगाना। घटनासँग सम्बन्धित विवरणहरु उनीहरुसँग साझा गरेका थियौं । यस हमलाको साजिश रच्ने जैश-ए-मोहम्मदका सदस्यहरु, उनीहरुलाई सघाउ पुऱ्याउने, मार्गनिर्देश गर्नेहरु विरुद्ध प्रमाण पेश गरेका थियौं । तर यस विषयमा कुनै प्रगति भएको छैन ।
त्यसैले, यी सबैमा, मलाई लाग्छ हामीले भोगेका अनुभवहरु सकारात्मक छैनन् र संयुक्त अनुसन्धानमा सहभागी हुन इच्छा देखाएको पाकिस्तानी दाबीप्रति झट्टै विश्वास गरिहाल्न हामी सक्दैनौं । यी केवल ढिलाइ गर्ने रणनीतिहरु हुन् । यी केवल अवरोध पुऱ्याउने रणनीतिहरु हुन् ।
वास्तवमा, हामीले उपलब्ध गराउने प्रमाणहरु पाकिस्तानले आफ्नो संलग्नता ढाकछोप गर्न र हामीले खोजिरहेका आतङ्ककारीहरुको बचाउ गर्न र अनुसन्धानको बाटोमा अवरोध पुऱ्याउन मात्र प्रयोग गर्छ भन्ने विश्वास गर्ने कारण रहेको छ ।
मैले राख्न चाहेको तेस्रो कुरा मे ७ मा भएको हमलामा केवल सर्वसाधारण मारिएको दाबी सम्बन्धी हो । हामीले यो कुरा स्पष्ट रुपमा उल्लेख गरेका छौं की मे ७ को बिहान भएका सबै आक्रमणहरु सावधानीपूर्वक छानिएका आतङ्कवादी पूर्वाधार, आतङ्कवादी विरुद्ध लक्षित थिए । स्पष्ट त छैनौं तर ती हमलाहरुको पछिल्ला प्रभावहरु बारे केही कभरेज हेर्दा, जसमा आतङ्कवादीहरुको हिजो गरिएको अन्त्येष्टि पनि समावेश छ।।। मलाई लाग्छ यहाँहरुमध्ये धेरैले मिडियामा आएका रिपोर्ट र कभरेजहरु हेर्नुभएको छ ।
म सोच्छु यदि यी आक्रमणहरुमा सर्वसाधारण मात्र मारिएको हो भने यी तस्वीरले वास्तवमा यहाँहरु सबैलाई के सन्देश दिन खोजेको छ,यो प्रश्न उठाउनु पर्ने विषय हो । अझ अचम्मको कुरा त के छ भने, ती सर्वसाधारणको अन्त्येष्टि पाकिस्तानी झन्डाले बेरेका कफिनमा गरिएको छ र तिनीहरुलाई राजकीय सम्मान दिइएको छ । हाम्रो दृष्टिकोणमा ती स्थानहरुमा मारिएका व्यक्ति आतङ्ककारीहरु थिए । आतङ्ककारीहरुलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नु पाकिस्तानमा अभ्यास हुन सक्छ तर हामीलाई त्यो कुनै अर्थपूर्ण कार्यजस्तो लाग्दैन, उनले भनेका छन् ।
पाकिस्तानले भारतले जानाजानी धार्मिक स्थलहरुमा आक्रमण गरेको दाबी पनि गरेको छ । यो पूर्ण रुपमा झूठ हो । मैले फेरि पनि स्पष्ट पारेको छु की हाम्रो निशानामा आतङ्ककारी पूर्वाधार, आतङ्ककारीहरुका संरचना र भारतमा हुने सीमापार आतङ्कवादसँग स्पष्ट रुपमा जोडिएका स्थानहरु थिए । र वास्तवमा पाकिस्तानले धार्मिक स्थलहरुको दुरुपयोग गर्दै यसलाई आतङ्कवादीहरुलाई उग्रवादी बनाउने, परिचालन गर्ने, धर्मप्रति अन्धभक्त बनाउने र प्रशिक्षण दिने काम गरिरहेको छ ।
वास्तवमा, पाकिस्तानले गरेको दाबी विपरीत, हिजो पाकिस्तानले जम्मू कश्मीर राज्यमा सिख समुदायलाई लक्षित गरेर आक्रमण गर्यो जसमा पुंछस्थित एक गुरुद्वारा र सिख समुदायका सदस्यहरुको घरमा आक्रमण गरिएको थियो । हामीलाई थाहा छ की उक्त आक्रमणमा कम्तिमा तीन जनाको ज्यान गएको थियो, सचिव मिश्रीले ब्रिफिङमा भनेका छन् ।
यसमा जोड्न चाहें, पाकिस्तानले पनि आफ्नोतर्फबाट प्रयास गरिराखेको छ, वास्तवमा पाकिस्तानले गरेको जवाफी कारबाहीले सर्वसाधारणलाई असर गरिरहेको छ । मैले यहाँहरुलाई गुरुद्वाराको तस्बिर र यस घटनामा मारिएका सिख समुदायका सदस्यहरुको तस्वीर देखाएको थिएँ । ती आक्रमणहरुमा अन्य सर्वसाधारणहरु पनि मारिएका र घाइते भएका छन् । वास्तवमा, हिजो बिहानदेखि अहिलेसम्म पाकिस्तानका आक्रमणहरुमा जम्मा १६ जना सर्वसाधारण मारिएका छन् र अन्य ५९ जना घाइते भएका छन् ।
यति मात्र होइन, पाकिस्तानले आफ्ना भ्रामक प्रचारहरुअन्तर्गत सीमापार आतङ्कवाद सम्बन्धी हाम्रो कारबाहीलाई साम्प्रदायिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास पनि गरिरहेको छ । यदि यो नै मुद्दा हो भने, म यहाँहरुलाई यही अप्रिल १६ गते पाकिस्तानका सेनाध्यक्षले दिएको भाषणतर्फ इङ्गित गर्न चाहन्छु । मलाई लाग्छ त्यो साम्प्रदायिक भाषणबाजीमा अन्तिम शब्द हो ।
पहलगाम आक्रमणको सन्दर्भमा पनि यहाँहरुलाई त्यहाँ कस्तो प्रकारको धार्मिक प्रोफाइलिङ गरिएको थियो भन्ने कुरा थाहा नै छ, र सम्भवतः यी दुई घटनाहरुबीच कुनै सम्बन्ध पनि हुन सक्छ । म यति मात्र भन्न सक्छु की यस्ता घृणित योजनाहरुलाई भारतमा सफल हुन दिइने छैन । साथै यो पनि उल्लेखनीय छ की भारतमा मात्र होइन, विश्वभरबाट सबै धर्म, सम्प्रदाय र क्षेत्रका मानिसहरुले यी आक्रमणहरुको एकस्वरमा भर्त्सना गरेका छन् ।
पाकिस्तानले अहिले मे ७ मा भारतले गरेको आक्रमणको जवाफ दिएको दाबी गरिरहेको छ । मैले सुरुमै भनेझैं, प्रतिक्रिया भारतले दिएको हो । वास्तविक एस्केलेसनको सुरुवात पाकिस्तानले अप्रिल २२ मा गरेको थियो । हिजो बिहान गरिएको कारबाहीद्वारा हामीले उक्त एस्केलेसनको जवाफ दिइरहेका छौं । र फेरी म यो कुरामा जोड दिन चाहन्छु की यो कारबाही संयमित थियो यो कुनै सर्वसाधारण वा सैनिकप्रति लक्षित नभई आतङ्ककारी क्याम्पमा मात्र लक्षित गरिएको थियो । र फेरी पनि, हामीले हिजोदेखि भन्दै आएका छौं की पाकिस्तानले गरेको कुनै पनि थप कारबाही, जसमध्ये केही हामीले आज देखिरहेका छौं, त्यो केवल पाकिस्तानले गरेको एस्केलेसन बाहेक अरु केही होइन र फेरी पनि त्यसको उपयुक्त रुपमा जवाफ दिइनेछ र दिइँदैछ ।
म एउटा बुँदालाई पनि सम्बोधन गर्न चाहन्थें जुन पाकिस्तान प्रशासित कश्मीरमा रहेको निलम झेलम परियोजना, अर्थात एउटा बाँधलाई लक्षित गरिएको आरोपसम्बन्धी हो । म भन्न चाहन्छु कि यो पूर्ण रुपमा बनावटी, कपोकल्पित र स्पष्ट झुटो हो । भारतले केवल र मात्र केवल आतङ्कवादी पूर्वाधारलाई लक्षित गरेको छ । र ती आतङ्कवादी पूर्वाधारहरुको विवरण र तिनको स्थान समेत हिजो यहाँहरुसँग कर्णेल कुरैशी र विंग कमान्डर सिंहले साझा गरिसक्नुभएको छ । म यो पनि उल्लेख गर्न चाहन्छु कि यदि यस प्रकारको दाबी समान प्रकृतिको भारतीय पूर्वाधारलाई लक्षित गर्ने बहानामा बनाइन्छ भने त्यसपछि हुने परिणामहरुको लागि पाकिस्तान निसन्देह पूर्ण रुपमा जिम्मेवार हुनेछ ।
अन्तमा, म सिन्धु जल सन्धिसँग सम्बन्धित केही विषयहरु र यस सन्दर्भमा फैलाइएको भ्रामक जानकारीको विषयमा पनि सम्बोधन गर्न चाहन्छु । यथार्थ यो हो कि जुन परिस्थितिमा सिन्धु जल सन्धि सम्पन्न भएको थियो त्यसमा आधारभूत परिवर्तनहरु भएका छन् । र उनीहरुले सन्धि अन्तर्गतका दायित्वहरुको पुनर्मूल्याङ्कनका लागि आग्रह गरे । पछिल्लो े डेढदेखि दुई वर्षको अवधिमा भारत सरकारले पाकिस्तान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । हामीले सन्धि परिमार्जनको विषयमा छलफल गर्न वार्ताको लागि अनुरोध गर्दै उनीहरुलाई धेरै पटक सूचनाहरु पठाएका छौं ।
पाकिस्तानले हामीमाथि धेरै युद्धहरु गरेता पनि र सम्बन्धहरु शत्रुतापूर्ण भएता पनि भारतले छ दशकभन्दा बढी समयदेखि यो सन्धिको सम्मान गर्दै आएको छ । सन्धिको उल्लङ्घन गर्ने पाकिस्तान नै हो, जसले भारतलाई पश्चिमी नदीहरुमा आफ्नो वैध अधिकार प्रयोग गर्नबाट रोक्न जानाजान कानुनी अवरोधहरु सिर्जना गर्दै आएको छ । सन्धिद्वारा अनुमति दिइएको पूर्वी नदीहरुमा र पश्चिमी नदीहरुमा पनि भारतले निर्माण गर्न खोजेका कुनै पनि परियोजनाहरुलाई पाकिस्तानले सधैं चुनौती दिंदै आएको छ, जसका कारण सन्धि अन्तर्गत हाम्रो वैध जल प्रयोग गर्ने अधिकारमा अवरोध पुऱ्याइएको छ ।
वास्तवमा, सन्धिको प्रारम्भिक प्रस्तावनामा नै यो कुरा उल्लेख गरिएको छ कि सन्धि सद्भाव र मित्रताको भावनामा आधारित रही सम्पन्न गरिएको छ । सद्भाव र मित्रताको भावनामा सम्पन्न गरिएको ( ती शब्दहरुमा ध्यान दिनुहोस् ।
यो भारतको धैर्य र सहनशीलता हो कि हामी यति धेरै उत्तेजनाको बाबजुद पनि पैंसठ्ठी वर्षदेखि यो सन्धिको पालना गर्दै आएका छौँ ।
यद्यपि, पहिले पनि स्पष्ट रुपमा भनिएजस्तै, सन्धिअनुसार रहेका दायित्वहरुको पुनर्मूल्याङ्कनका लागि वार्तामा प्रवेश गर्न भारतले गरेको अनुरोधमा पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन । धेरै सर्तहरु परिवर्तन भएका छन् । यो सन्धि ५० र ६० को दशकको इन्जिनियरिङ प्रविधिमा आधारित थियो । हामी अहिले २१ औं शताब्दीको पहिलो चौमासमा जीवन यापन गरिरहेका छौं । प्राविधिक परिवर्तन र प्राविधिक प्रगतिलाई ध्यानमा राख्नु पर्ने हुन्छ ।
जनसांख्यिकीय परिवर्तनहरु भएका छन् । जलवायु परिवर्तनहरु भएका छन् । स्वच्छ ऊर्जाको आवश्यकता रहेको छ । साथै पाकिस्तानले जम्मू र कश्मीर राज्यमा फैलाएको आतङ्कवादले भारतले सन्धिअनुसार आफ्ना अधिकारहरु प्रयोग गर्न सक्ने क्षमतामा समेत गम्भीर अवरोध पुऱ्याएको छ ।
भारतले सन्धिको संशोधनका विषयमा सरकार -सरकारबीच वार्ता राख्न गरेको अनुरोधलाई पाकिस्तानले निरन्तर अस्वीकार गर्दै आएको छ, जुन आफैंमा सन्धिको उल्लङ्घनको रुपमा लिन सकिन्छ । त्यसैले भारतले यो निर्णय गरेको छ की जबसम्म पाकिस्तानले सीमापार आतङ्कवादको समर्थनलाई अपरिवर्तनीय रुपमा परित्याग गर्दैन, तबसम्म सन्धिलाई स्थगित गरिएको ठानिनेछ ।
‘म यतिमै रोकिन्छु । मैले हिजो पनि उल्लेख गरेको थिएँ कि यो एक विकसित भइरहेको अवस्था हो । त्यसैले म यहाँहरु सबैलाई संवेदनशीलता र संयमता अपनाउन अनुरोध गर्दछु । हामी वा सशस्त्र बलका हाम्रा सहकर्मीहरुले यस समयमा उक्त अपरेशनसम्बन्धी विवरणहरु साझा गर्न सम्भव हुनेछैन । त्यसबाहेक, यदि यहाँहरुसँग कुनै प्रश्नहरु छन् भने, म केही प्रश्नहरुको लागि मात्र समय दिन सक्छु, र ती प्रश्नहरुको उत्तर दिने प्रयास गर्नेछु,’ उनले ब्रिफिङको अन्तमा भनेका छन् ।
प्रतिक्रिया