एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडको अगुवाइमा कृषि विकास बैंक लिमिटेड र बज्र इनर्जी भेन्चर्स प्रा. लि. सहितका बैंक तथा वित्तीय संस्थाहरुले ३ अर्ब ७४ करोड ५० लाख ऋण लगानी गर्ने भएको छ।

आयोजनाको कुल लागत करिब ५ अर्ब ३५ करोड रहेको जानकारी दिइएको छ। एनएमबि बैंक यस आयोजनाको अगुवा बैंकको रूपमा रहनेछ। बैंकले यसअघि पनि ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जानकारी गराइएको छ।

यसैबीच, सोही समूहबाट लगानी गरिएको अर्को जलविद्युत आयोजना– कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा निर्माण भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना वि.सं. २०८१ साल कार्तिक २७ गतेदेखि व्यावसायिक उत्पादनमा प्रवेश गरिसकेको छ।

सेती आयोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित हो भने यसको ऋण लगानी एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेडले गरेका हुन्।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट जारी ‘इनभाइरन्मेन्टल एण्ड सोसियल रिस्क म्यानेजमेन्ट, २०२२’ को निर्देशनअनुसार आफ्नै वातावरणीय तथा सामाजिक नीति तयार गरी त्यस अनुरूप वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *