भारत-पाकिस्तानबीच सवा पाँचबजेदेखि युद्वविराम

भारत र पाकिस्तान शनिवार साँझकाे सवा पाँच बजेबाट युद्वविराममा गएकाे भारतकाे विदेश मामिला मन्त्रालयले घाेषणा गरेकाे छ।

भारतीय समय अनुसार शनिवार पाँचबजेदेखि भारत र पाकिस्तानबीच जमिन, आकाश र समुन्द्रमा भइरहेकाे युद्व राेक्न सहमत भएकाे विदेश सचिव विक्रम मिश्रीले घाेषणा गरेका हुन् । सचिव मिश्रीका अनुसार यसकाे जानकारी भारतीय सेनालाई गराइसकिएकाे छ।

यसलगत्तै भारतीय संचारमाध्यमले दुबै देशका तर्फबाट सीमामा भइरहेका सैन्य गतिविधि राेकिएका छन्।

युद्वविरामका लागि अमेरिकाले मध्यस्थता गरेकाे थियाे। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्समा यसकाे जानकारी सार्वजनिक गरेका थिए।

भारतले २२ अप्रिलमा कश्मिरकाे पहलगाममा एक नेपालीसहित २६ जनाकाे जघन्य हत्यापछि आतंकबाद बिरूद्व ७ मे बाट विशेष कारबाही थालेकाे थियाे।

अपरेशन सिन्दूर नाम दिइएकाे साे कारबाही आतंकबाद लक्षित थियाे। यसअघि भारतले आतंकबादी आक्रमणमा पाकिस्तानकाे भूमिका पुष्टीगर्दै विभिन्न क्षेत्रमा नाकाबन्दी गरेकाे छ।

प्रतिक्रिया

2 thoughts on “भारत-पाकिस्तानबीच सवा पाँचबजेदेखि युद्वविराम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर