हिल्टन हाेटलका सम्बन्धमा अफवाह र भ्रामक समाचार सम्प्रेषण गर्दै संचालक लक्षित प्राेपाेगाण्डा

पछिल्लाे समय नेपालकाे पुरानाे व्यवसायिक घराना शंकर समूह लक्षित प्राेपाेगाण्डा र भ्रामक समाचारकाे श्रृखला चलेकाे छ । कुनै एउटा हाेइन् स्वार्थ अनुकुल नभएर धेरै समूह यतिबेला मनगढन्ते समाचार र तथ्यहिन खबरलाई अतिरंजित गरेर प्रकाशन र प्रशारण गराइरहेका छन् ।

यही श्रृखलाकाे एउटा भागमा यतिबेला काठमाडाैंकाे नक्सालस्थित हाेटल हिल्टन विक्री भएकाे र त्यसका खरिदकर्ता नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा सुपुत्र जयविर भएकाे तथ्यहिन समाचारलाई बजारमा सर्कुलेट गरिएकाे छ । यस्ताे तथ्यहिन समाचार बिरूद्व हाेटल हिल्टनका संचालकले खण्डनमात्र गरेका छैनन् । उचित कानूनी उपचार खाेज्ने बताएका छन् ।

हाेटल हिल्टनकाे संचालक समूह जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आइतबार विज्ञप्ती मार्फत तथ्यहिन समाचारकाे खण्डन गरेकाे हाे ।

केही अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत ‘हिल्टन होटल बिक्री’ सम्बन्धी समाचार प्रकाशित तथा प्रसारित भएकोप्रति जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आपत्ति जनाएको हाे।

कम्पनीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा यस्ता समाचारहरू भ्रामक, आधारहीन र तथ्यहिन भएको बताउँदै सबैकाे गम्भीर ध्यानाकर्षण गराएको हो।

हिल्टन होटल काठमाडौंको सञ्चालक संस्था जगदम्बा हस्पिटालिटी ग्रुपले होटल बिक्रीसम्बन्धी कुनै पनि प्रक्रिया नचलेको स्पष्ट पार्दै त्यस विषयमा  प्रशारित समाचारहरू पूर्ण रूपमा झुटा भएको दाबी गरेको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केही राजनीतिक व्यक्ति तथा व्यवसायिक समूहहरूसँग होटल बिक्री जोडेर अफवाह फैलाउने प्रयास भइरहेको देखिन्छ। यस्ता हल्ला तथा समाचारहरू पूर्णतः निराधार हुन्।’

जगदम्बा ग्रुपले यस्ता समाचारले कम्पनीको साखमा नकारात्मक असर पार्न सक्ने भन्दै यस्ता गलत सूचनाहरूबाट सतर्क रहन आम सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।

साथै, यस्ता कार्यले नेपालको प्रचलित कानुनको उल्लंघन गर्न सक्ने हुँदा आवश्यक परे कानुनी कारवाही गर्नेसमेत चेतावनी दिएको छ।

कम्पनीले हिल्टन होटल आफ्ना अतिथि, साझेदार र सेवाग्राहीलाई दीर्घकालीन, गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराएको छ। कम्पनीले सत्य, तथ्य र पुष्टि भएको सूचना मात्र प्रवाह गर्न सबैमा अपिल गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर