
४२ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ


न्यूरोडको बिशालबजारबाट दुई हुन्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोटाङ बराहपोखरी–२ घर भएका विजय कुमार राई र रामेछाप मन्थली घर भएका २८ वर्षिय खेटराज श्रेष्ठलाई पक्राउ गरेको हो ।
विजयको साथबाट २५ लाख तथा खेटराजको साथबाट १७ लाख १० हजार बरामद भएको एसपी काजी कुमार आचार्यले बताए।
चार दिनअघि मात्र काठमाडौं परिसरले बिशालबजारबाट हुन्डी कारोबारको ४० लाखसहित दुई जनालाई पक्राउ गरेको थियो।
प्रतिक्रिया