सन मेडिकेयर बन्न सक्छ सम्भाब्यता र भवितब्यभन्दा एक कदम अघिको सुरक्षा कवच

सन मेडिकेयर – एक कदम अघिको सुरक्षा

भनिन्छ दुर्घटना साइरन बजाएर आउँदैन् । यस्तै प्राकृतिक चक्रमा आएको परिवर्तनसँगै विभिन्न रोगव्याधीपनि एकाएक हुने गर्छन् ।
अस्पताल भर्ना हुनु कसैका लागि पनि सहज हुँदैन। तर, जब आकस्मिक स्वास्थ्य समस्या आउँछ, त्यसबेला आर्थिक बोझले झनै गाह्रो बनाउछ ।

यस्तै समयका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नविन राइडर सुविधा सन मेडिकेयर तपाईका लागि स्वास्थ्य उपचारका लागि सुरक्षा कवच सावित हुनेछ ।

सन मेडिकेयर एउटा नविन बीमा सुविधा हो, जसले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चमा तत्काल राहत प्रदान गर्छ ।

दुर्घटना होस् या गम्भिर रोग — अस्पताल भर्ना हुँदा खर्चिनुपर्ने औषधि उपचारमा १ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्छ ।
सन मेडिकेयर आपतकालीन अवस्थामा औषधि उपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको यो बिमा योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ ।

सन मेडिकेयरले कुन कुन रोग तथा आपतकालीन अवस्थालाई कभर गर्दछ ?
सबै प्रकारका दुर्घटना (घर, अफिस, रोड)

एपेन्डिसाइटिस

प्यान्क्रियाटाइटिस

हृदयाघात

विद्युतीय तथा अन्य जलन

डुबान

विषाक्तता

आन्द्रामा रगत बग्ने

कीरा तथा सर्प टोकाइ

तापघात

मस्तिष्कमा चोट

गर्भाशय बाहिरको गर्भ

मानसिक स्वास्थ्य संकट

घाउमा संक्रमण

घाउमा संक्रमण

सन मेडिकेयर नै किन ?

शल्यक्रिया सहित अस्पतालमा भर्ना भएपछि सम्बन्धित अस्पतालले तत्काल डिपोजिट माग्ने र रोग पहिचानका लागि मुख्य चेकजाँच गराउँछ । यसकै लागि यो योजना अनुसार पहिलो २ दिनमा प्रति दिन बिमाङ्क रकमको २५ प्रतिशत रकम (रू ५०,०००) उपलब्ध गराउँछ । त्यसपछिका ५ दिन लगातार प्रति दिन बिमाङ्क रकमको १० प्रतिशत रकम (रू ५०,०००) उपलब्ध हुनेछ ।

यस्तै शल्यक्रिया (अपरेशन) गर्ने अवस्था नभई १० दिनसम्म अस्पतालमा बस्दा प्रति दिन १० प्रतिशत (रू १०,०००) को दरले राहत रकम उपलब्ध हुनेछ ।
सन मेडिकेयर भनेको के हो ?

सन मेडिकेयर एक नविन बीमा सुविधा हो जसले आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्याहरुमा तत्काल आर्थिक राहत प्रदान गर्दछ । यसले दुर्घटना तथा अन्य गम्भिर रोगहरुलाई समेत समेटछ । छिटो र झन्झटमुक्त दावी प्रक्रियाको अनुभव प्रदान गर्ने यस योजना सबैका लागि प्रभावकारी बनेको छ ।

यसका विशेषताहरु

एक लाख रुपैयाँसम्मको लागि वार्षिक शुल्क जम्मा १३ सय ९३ रुपैयाँ

प्रवेश उमेर ५ देखि ६९ बर्ष

यो सुविधा सन लाइफका अन्य बीमा योजनाहरुसंग एड(अन गर्न सकिन्छ ।

मुख्य फाइदाहरु

दाबी पेशमा तत्काल आर्थिक राहत
व्यापक कभरेज
किफायती प्रिमियम
सरल कागजात, दूत स्वीकृति ।

यसले कसरी काम गर्छ ?

सन मेडिकेयर सुविधा रोज्नुहोस । आफ्नो वार्षिक प्रिमियम तिर्नुहोस । कभर गरिएको आपतकालीन अवस्थामा, आवश्यक कागजातहरु पेश गर्नुहोस । आफू र आफ्ना प्रियजनहरुलाई सुरक्षित राख्नुहोस ।

यहाँको जिज्ञासा, सन् लाइफको उत्तर

प्रश्नः के म सन मेडिकेयर जीवन बीमा सुविधा मात्र खरिद गर्न सक्छु ?
उत्तरः सन मेडिकेयर सुविधा मात्र खरिद गर्न सकिदैन। यो एक राइडर सुविधा हो र यो अर्को प्राथमिक बीमा योजनासंगै लिनुपर्छ ।

प्रश्नः कुन जीवन बीमा योजनाहरूमा सन मेडिकेयर सुविधा थप्न सक्छु?
उत्तरः तपाईले सन मेडिकेयर सुविधालाई सामुहिक म्यादी जीवन बीमा, भाग्योदय जीवन बीमा, सुनौलो बाल समृद्ध जीवन बीमा (एकल भुक्तानी) बाहेक अरु सबै योजनामा थप्न सक्नुहुन्छ ।

प्रश्नः के मैले सन मेडिकेयर सुविधा प्राप्त गर्न नयाँ बीमा योजना खरिद गर्नुपर्छ ?

उत्तरः यदि तपाईसंग पहिले नै सन नेपाल लाइफको जीवन बीमा योजना छ भने, तपाईले आफ्नो बीमा योजना नवीकरण गर्दा सन मेडिकेयर सुविधा थप्न सक्नुहुन्छ । नयाँ बीमा योजना खरिद गर्न आवश्यक छैन।

प्रश्नः म कसरी सन मेडिकेयरको सुविधा खरिद गर्न सक्छु ?
उतरः तपाईले दुई तरिकाले सन मेडिकेयर खरिद गर्न सक्नुहुन्छ ।
पहिलो, नयाँ जीवन बीमा योजना खरिद गर्दा तपाईले सन मेडिकेयरलाई थप राइडरको रुपमा समावेश गर्न सक्नुहुन्छ ।
दोस्रो, नवीकरणको समयमा यदि तपाईसंग पहिले नै जीवन बीमा योजना छ भने, तपाईको योजनाको नवीकरण अवधिमा सन मेडिकेयरको सुविधा थप्न सक्नुहुन्छ ।

प्रश्नः सन मेडिकेयर बीमा सुविधा अन्य स्वास्थ्य सम्बन्धित बीमा योजनाहरु भन्दा कसरी फरक छ ?
उतरः यो अन्य स्वास्थ्य सम्बन्धि बीमा योजनाहरु भन्दा यस प्रकारले फरक छ, यसबाट देशको जुनसुकै अस्पतालमा उपचार गरे हुने
अनि बिल बमोजिमको खर्च भन्दा पनि अस्पताल भर्ना भएको आधारमा दाबी भुक्तानी गरिने

प्रश्नः अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको कति दिनमा मैले मेरो दाबी पेश गर्नु पर्ने हुन्छ ?
उतरः तपाईले अस्पतालबाट डिस्चार्ज भएको ३० दिनभित्र आफ्नो दाबी पेश गर्नुपर्छ ।

प्रश्नः के म यो सुविधा लिनको लागि २४ घण्टा आपतकालीन वार्डमा बसेको हुनुपर्छ ?
उतरः पर्दैन, तपाईलाई आपतकालीन वार्डमा २४ घण्टा बस्नुपर्ने आवश्यकता छैन । यो सुविधाको लागि, तपाईको कुल अस्पताल भर्ना समय कम्तीमा २४ घण्टा हुनुपर्छ ।

प्रश्नः कुन अवस्थामा यो सुविधा लागू हुदैन ?
उतरः यो सुविधा निम्न अवस्थाहरुमा लागू हुदैन
१- नियमित स्वास्थ्य जाँच भइरहेको स्वास्थ्य समस्याहरुको लागि
आपतकालीन भर्ना वा ओपीडी मार्फत नियमित अस्पताल भर्नाहरुमा लागू हुदैन गैरकानुनि रुपमा संलग्न भएर घाइते भई बिरामी भएमा लागू हुदैन र अस्पताल भर्ना अवधि २४ घण्टाभन्दा कम भएमा यो सुविधा लागू हुदैन ।

प्रश्नः के यो कभरेज अन्तर्राष्ट्रिय यात्रामा लागू हुन्छ ?
उतरः यो कभरेज नेपाल भित्रका अस्पतालहरुमा मात्र सीमित छ । यो देश बाहिरको खर्चमा लागू हुदैन ।

प्रश्नः के मैले यो योजना हरेक वर्ष नवीकरण गर्नुपर्छ ?
उतरः हो, तपाईले यो योजना प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ ।

आपतकालिन अवस्थामा आर्थिक चिन्ता कम गर्न आजै सन मेडिकेयर रोज्नुहोस्। सुरक्षा सुनिश्चित गर्नुहोस् — आफ्नो लागि, परिवारको लागि। थप जानकारीका लागि सन नेपाल लाइफ इन्स्योरेन्स को आधिकारिक मोबाइल नम्बर +९७७ – ९८०१२३४४४४ मा सम्पर्क गर्न सक्नु हुने छ ।

एडभाटाेरियल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर