बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आयो

अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।

बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको थियो । अहिले सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपाल थोकमा तथा काठमाडौँबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।

अहिले रोकिएका सवारीहरू बिस्तारै सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर