वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीको नाममा ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ का २१ वर्षीय ललित बोहरा रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार साउदले तीन जनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके लैजाने भन्दै १० लाख रुपैयाँ लिएका थिए। तर, लामो समयसम्म अल्झ्याउँदै उनीहरू सम्पर्कविहीन बनेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर