रविको रिटमा आदेश आउनै लाग्दा रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर आदेश आउन केहीबेर बाँकी हुँदा उता रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू भेला हुन थालेका छन् ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ ।

थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै रास्वपा कार्यकर्ताहरू जिल्ला कारागार अगाडि पुगेका हुन् ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर