काँग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छ : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले र काँग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताए । उनले काँग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको बताए ।

अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी बनेको बताए ।

एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरा समेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर हामी सरकारमा सहभागी रहेको बताए । सरकारसँग रहेको गुनासाहरु सम्बोधन गर्दै जाने बताए ।

उपसभापति खड्काले अहिलेको परिस्थिति सम्हाल्न नसके कसैले सम्हाल्न नसक्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर