काठमाडौंका यी ठाउँमा आज पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । शनिबार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको छ ।

प्राधिकरणले बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत पर्ने फूलबारी मार्गमा ढल्न लागेको विद्युत पोल फेर्नका लागि फिडरमा पर्ने दुई वटा ट्रान्स्फर्मर सटडाउनमा राखिने जानकारी दिएको छ। त्यसकारण फूलबारी मार्ग र कोटेश्वर क्षेत्रमा साढे ११ बजेदेखि २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यस्तै रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर